|

हेटौंडाः बागमती प्रदेशका ३ जना मन्त्री सिन्धुपाल्चोकको बाढी प्रभावित क्षेत्रतर्फ प्रस्थान गरेका छन्। आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेल, उद्योग पर्यटन वन तथा वातावरणमन्त्री अरुण नेपाल र सामाजिक विकास मन्त्री युवराज दुलाल हेटौंडाबाट हेलिकप्टर लिएर प्रस्थान गरेको मन्त्री नेपालका स्वकीय सचिव लक्ष्मण पौडेलले जानकारी दिए।

उनीहरु बाह्रबिसे नगरपालिकाको जम्बु क्षेत्र र भोटेकोशी गाउँपालिकामा गएको पहिरोको कारण भएको क्षतिबारे जानकारी लिन र घाइतेहरुको उद्धारका लागि हेटौँडाबाट सिन्धुपाल्चोक प्रस्थान गरेको पौडेलले जानकारी दिए।

सिन्धुपाल्चोकमा गएराति बाढी र पहिरोमा परी तीन जनाको मृत्यु भएको छ। २० जना बेपत्ता भएका छन्।  बाह्रबिसे नगरपालिका ५ जम्बुमा स्थानीय याल्मो ठाडो खोलाले ११ वटा घर बगाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.