|

हेटौंडा : बागमती प्रदेश राजधानी हेटौंडामा सर्वसाधारणहरुलाई मास्क नलगाई हिँडिरहेका छन्। प्रहरीले सम्झाउँदा पनि अटेर गरेर हिँडिरहेकाहरु सरकारले जारी गरेको निर्देशनको अटेर त गरेकै छन् कोभिड १९ को जोखिम पनि बढाएका छन्।  

मकवानपुर प्रहरी र प्रशासनले भने निर्देशनअनुसार मास्क नलगाउनेलाई कारबाही गर्न थालेको छ। प्रहरीले हेटौंडाका सडकहरुमा, कार्यालयहरूमा समेत मास्क नलगाई हिँड्नेलाई रोकेर सोधे पनि जरिवाना नतिराउँदा सर्वसाधारण अटेर बनिरहेका छन्। 

मास्क नलगाई घरबाट निस्किएको पाए कडा कारबाही गर्न प्रहरी प्रधान कार्यालयलाई गृह मन्त्रालयले निर्देशन दिएको थियो।

मास्क नलगाई हिँड्ने ७५ जनालाई सम्झायो प्रहरीले 

त्यसरी हिँड्ने ७५ जनालाई प्रहरीले कारबाही गरेको छ २७ महिला र ५१ पुरुष गरी ७५ जनालाई जिल्ला प्रहरी कार्यालयले जरिवानासहित थप कारबाही गर्ने चेतावनी दिएको छ। यस्तै बुधबार नै मकवानपुर जिल्लामा जोर–बिजोर नहेरी मनलाग्दी सवारी चलाउने हेटौंडाका ४१ जनालाई प्रहरीले कारवाही गरेको छ। 

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.