चिकित्सक भन्छन् : जोखिम थियो तर सफल भयौँ

|

काठमाडौं : नेपालमा पहिलोपटक कोरोना संक्रमित व्यक्तिको डायलासिस गरिएको छ। हेटौंडा उपमहानगरपालिका-५ का ३३ वर्षीय पुरुषमा नियमित मिर्गौलाको डायलासिस गर्न आउदा अवस्था गम्भीर हुँदा कोरोना परीक्षण गर्दा उनमा २० गते कोरोना पुष्टि भएको थियो।

कोरोना पुष्टि भएपछि उनलाई कोभिड अस्पतालको आइसीयुमा राखिएको छ। संक्रमित व्यक्तिको डायलासिस गरेपछि स्वास्थ्यमा सुधार आएको भरतपुर अस्पताल विकास समितिका अध्यक्ष डा. भोजराज अधिकारीले बताए। उनका अनुसार बिरामीले सहजै पिसाब फेर्न थालेका छन्। नियमित स्वास्थ्य क्रियाकलापमा पनि सुधार भइसकेको उनले बताए।

'आज १० बजेदेखि १ बजेसम्म डायलासिस गरिएको छ,' उनले भने,'डायलासिस गर्ने भएपछि त्यस कोठालाई एकपटक पूर्ण रुपमा निर्मलीकरण गरेर लगिएको थियो। उनलाई मात्र एक्लै कोठामा राखेर डायलासिस गरिएको थियो।'

कोठामा राखिएको अन्य बेडको ६ मिटरको दूरी बनाएर उपचार विधि अपनाइएको उनले जानकारी दिए। अबदेखि डायलासिस गर्दा आज प्रयोग गरिएको मेसिन उनको लागि सधैँभरी गरिने उनको भनाइ छ।

डायलासिस गर्ने समयमा पाँच जना व्यक्तिलाई प्रवेश गर्न दिएको डा.अधिकारीले बताए। उनले भने,' बिरामीको कुरुवाले पिपिई र मिर्गौलाको डाक्टर तथा तीनजना नर्सहरू सहभागी थिए।'

कोरोना संक्रमित व्यक्तिको उपचार विधि र विश्‍व स्वास्थ्य संगठनको मापदण्ड अनुसार नै ति मिर्गौला रोगीको डायलासिस गरिएको उनले जानकारी दिए।

'नियमित डायलाइसिस गरिने बिरामीहरुको समय आजलाई केही पर सारिएको 'उनले थाहाखबरसँग कुरा गर्दै भने,' कोरोना जस्तो महामारीको बेला पनि चिकित्सकले डायलासिस गर्ने साहस गर्नु भनेको एकदमै सकरात्मक कुरा हो।'

नेपालमा यसरी गर्ने उपचार विधि विरलै मात्र आउने गरेको उनले बताए। चिकित्सक साथीहरुले जुन साहस देखाउनु भएको छ त्यसले संक्रमितमा आत्मबल बढाएको उनको भनाइ छ।        

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.