|

तनहुँ : विवाह मण्डपबाटै बेहुलासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ। व्यास नगरपालिका–११ मा उनीहरुलाई प्रहरीले समातेको हो। 

सो ठाउँकी १४ वर्षीया बालिकासँग विवाह गरेको भन्दै गोरखा सहिद लखन गाउँपालिका–२ का २३ वर्षीय सन्तोष अर्याललाई प्रहरीले मण्डपबाटै पक्राउ गरेको जिल्ला प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव परीक्षक युवराज तिमिल्सिनाका अनुसार उनीहरुको विधिवत रुपमा बालविवाह हुँदै गरेको थियो। 

‘बालिका बेहुलीको पोसाकमा सजिएर घुम्टो ओढी, सिउँदोमा सिन्दुरसमेत हालिसकेको र विवाह सम्पन्न भई अन्माउने अवस्थामा पक्राउ  गरिएको हो, बेहुला, बेहुलाको बाबु, बेहुलीको बाबु, आमा र विवाह गराउने पण्डितलाई समेत ५ जनालाई नियन्त्रणमा लिइएको छ,’ उनले भने। 

उनीहरुलाई कानुनबमोजिम बिहीबार तनहुँ जिल्ला अदालतबाट म्याद थपी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। नयाँ मुलुक संहिता २०७४ अनुसार विवाह गर्नका लागि केटाकेटी दुवैले २० वर्ष पूरा गरेको हुनुपर्ने नियम रहेको छ। २० वर्ष मुनि भएमा विवाह बदर हुन्छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.