काठमाडौं : बाग्मती किनारमा कुनै बेला फोहोरको थुप्रो हुन्थ्यो। दूषित पानी र किनारको फोहोरले बाग्मती कुरुप बनेको थियो। अहिले धेरै ठाउँमा भने यो अवस्था छैन। किनारको हरियालीले बागमतीको स्वरुपमा परिवर्तन ल्याउन मद्दत गरेको छ। अहिले बागमतीको धेरै ठाउँमा बनेको पार्क र हरियाली दृश्यले मनै लोभ्याउँछ, थकान मेटाउँछ।
लामो झरीपछि किनारमा देखिएको हरियालीले बागमतीलाई रमणीय बनाएको छ। काठमाडौं सहर अझै अपेक्षाकृत रुपमा सुन्दर बनेको छैन। बागमतीको हरेक किनार पनि पूर्ण रुपले हरियालीले सजिएको छैन। तर, धेरै ठाउँमा भएको हरियालीले जो कसैको फोक्सो सफा हावाले भरिन्छ।
हरियाली छाउँदै गएको विस्तारै सफा हुँदै गएका कारण बागमती किनारमा घुमघामका लागि अचेल निकै मानिसहरू पुग्ने गर्छन्। किनारका धेरै स्थान सुन्दर र रमणीय बनेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।