विश्‍व बैंकले दिने १८ अर्ब सहुलियतपूर्ण ऋण पनि लिने निर्णय

|

काठमाडाैं : मन्त्रिपरिषद्ले रणनीतिक सडक र व्यापारिक मार्ग विस्तारका लागि दिने ४ सय ५० मिलियन अमेरिकी डलर करिब ५४ अर्ब ऋण सहायता स्वीकार गर्ने निर्णय गरेको छ। आज सार्वजनिक मन्त्रिपरिषद् निर्णयमा यसबारे जानकारी दिइएको हो। 

सहरी क्षेत्रको शासकीय सुधार र पूर्वाधार आयोजनाको दिगो विकासका लागि विश्व बैंकले दिने १८ अर्ब सहुलियतपूर्ण ऋण सहयोग पनि स्वीकार गर्ने निर्णय भएको छ। सो रकमबाट देशभरीका २९ नगरपालिकाको पूर्वाधार र शासकीय क्षमता अभिवृद्धि काम अघि बढ्ने प्रवक्ता डा खतिवडाले बताए। 

यस्तै नागरिक उड्डयन क्षेत्रको विकासका लागि एसियाली विकास बैंकले दिने ५ अर्ब ९८ करोड नेपाली सहायता स्वीकार गर्ने निर्णय पनि सरकारले गरेको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.