काठमाडौं : गायक प्रमोद खरेलको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ। बिहीबार सार्वजनिक गरिएको ‘अरुलाई माया’ बोलको गीतमा सनम कठायत र समीक्षा पोखरेलको फिचर्ड रहेको छ।
गीत एभरेष्ट ग्यालरीको युट्युबमार्फत सार्वजनिक भएको हो। सुदर्शन पोखरेलको शब्द रहेको गीतमा राजकुमार बगरको संगीत छ। भिडियो अन्जन शर्माले निर्देशन गरेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।