|

काठमाडौं : बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले सिन्धुपाल्चोकको बाढी-पहिरोको घटनाप्रति दु:ख व्‍यक्त गरेका छन्। जिल्लाको बाह्रबिसे नगरपालिका ५ जम्बुमा बुधबार राति बाढी-पहिरोमा परी २४ वर्षीय निकेश बस्नेत  र  उनकी २ वर्षीया छोरी नियोन बस्‍नेतको शव भेटिएको र २२ जनाको अवस्था बेपत्ता रहेको मन्त्री दुलालले पुष्टि गरेका छन्।

बार्हबिसे र भोटेकोशी गरी ३५ घरमा पूर्ण क्षति हुनुका साथै  मध्य भोटेकोशीको निर्माणाधीन हाइड्रोपावरको पावर हाउस डुवान , हाइड्रोमेकानीकल समान डुवान र क्षति भएको पनि उनले जनाएका छन्।

घाइतेहरूलाई हेलिकोप्टरमार्फत घाइतेको उद्धार गरी काठमाडौं ल्याई उपचार भइरहेको  छ उनका अनुसार घटनामा मृतक, बेपत्ता र घाइतेको अवस्था

मृतकहरु:

निकेश बस्नेत २४  र नियोन बस्नेत करिब २ वर्ष

बेपत्ताहरु :  जम्बुतर्फ

१.भिम ब. वाइवा, ७२

२.चिनीमाया वाइवा, ७०

३ लिलामाया वाइवा, २९

४ पाशाङ डोल्मा वाइवा ८

५ निमा डोल्मा वाइवा २

६ लक्ष्मण वाइवा, २५

७ सुनमाला वाइवा,  १३

८ जनक ब.थिङ,  ५५

९ सबिना तमाङ, २८

१० आकास तमाङ ४

११ हिमेश शर्मा (हा.पा. सेक्युरिटी) ३५

१२ आकास केसी (इन्जिनियर जाईका) २४

१३ तोक बहादुर तमाङ ५७

१४. युक्त कु.तमाङ ५५

१५ सुवेस तमाङ २५

१६. माइली तमाङ ६५

१७ . सलिना तमाङ २२

१८. चिनिया नागरिक १

बुलकोटे नयाँ पुलमा एकाघरका ४ जना,

निमा दोर्जे तमाङ ६२, मञ्जु तमाङ २८, साहिल तमाङ ७ र पाशाङ नोर्बु तमाङ ११

घाइते जम्बुतर्फ :

सुवेस तमाङ साइला,  बुट्टीमाया तमाङ, सबिना तमाङ बस्नेत

घाइते नयापुलतर्फ :

फुर्वा तमाङ, पेमा तमाङ र उनको ७ दिनको छोरी

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.