सर्लाही : इलाका प्रहरी कार्यालय हरिवनले अवैध गाँजा नष्ट गरेको छ। गत असार १० गते बागमती नगरपालिका–१२ कर्मैया नयाँ बस्तीबाट बरामद गरिएको करिब ८ लाख मूल्य बराबरको ४१ किलो गाँजा बिहीबार अपराह्न जलाएर नष्ट पारिएको हो।
प्रहरी निरीक्षक राजेन्द्रप्रसाद उपाध्यायका अनुसार ४० वर्षीय सन्तबहादुर ब्लोनको घरमा लुकाएर राखेको अवस्थामा उक्त गाँजा बरामद गरिएको हो। ब्लोनलाई नियन्त्रणमा लिएर लागूऔषध नियन्त्रण ऐनअन्तर्गत मुद्दा प्रक्रिया बढाइएको प्रहरी निरीक्षक उपाध्यायले जानकारी दिए।
पछिल्लो समय सिन्धुली र मकवानपुरबाट सर्लाही हुँदै भारततर्फ गाँजा तस्करी भइरहेको छ। भारत पुर्याउँदा गाँजाको प्रतिकिलो २० हजार रुपैयाँमा किनबेच हुने गरेको प्रहरी स्रोतले जनाएको छ। प्रतिकिलो २० हजारमा बिक्री हुने हिसाबले ४१ किलो गाँजाको ८ लाख २० हजार रुपैयाँ हुने प्रहरीले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।