|

संखुवासभा : धर्मदेवी नगरपालिकामा  एक महिलाको बीभत्स हत्या भएको छ। धर्मदेवी नगरपालिका–९ मुलगाउँ जंगलमा घाँस काट्न गएकी मनमाया जिमीको शव फेला परेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख डिएसपी नवराज मल्लले जानकारी दिए। 

बुधबार दिउँसो ३ बजे घर नजिकै घाँस काट्न गएकी थिइन्। श्रीमती घर नआएपछि श्रीमान रुद्र जिमी र छोरा खोजी गर्दै मुलगाउँको जंगलमा पुग्दा उनीहरुले मृत अवस्थामा मनमायालाई फेला पारेका थिए।

श्रीमान रुद्रले बिहीबार बिहान ८ बजे जंगलमा श्रीमतीलाई फेला पारेपछि जनप्रतिनिधि र प्रहरीलाई खबर गरेका थिए। हत्या कस्ले किन ग¥यो भन्ने खुल्न नसकेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।

जिमीलाई धारिलो हतियार प्रहारबाट हत्या गरिएको डिएसपी मल्लले बताए। प्रहरीले घटनामा संम्लग्न भएको आशंकामा गाउँका केही व्यक्तिलाई पक्राउ गरेको भए पनि केही खुलाउन चाहेको छैन। यसबारे अनुसन्धान भइरहेको प्रहरीले बताएको छ। 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.