कञ्चनपुर : सीमा सुरक्षार्थ तैनाथ सशस्त्र प्रहरीले आज कञ्चनपुरमा एकै साथ चार वटा बोर्डर आउट पोस्ट(बिओपी) स्थापना गरिएका छन्।
सीमा क्षेत्रको सुरक्षा व्यवस्थालाई चुस्तदुरुस्त बनाउन पुनर्वास नगरपालिका १० दोधा, बेलौरी नगरपालिका २ थापा चोक, सोही नगरपालिकाको वडा नं १० को भुडा र महाकाली नगरपालिका १ बैलबन्दमा पोस्ट स्थापना गरिएका हुन्। सशस्त्र प्रहरीको ७ नम्बर बाहिनीका बाहिनीपति (डिआइजी) हरिशंकर बुढथोकीले चार वटै बिओपीको उद्घाटन गरेका छन्। बिओपी उद्घाटन गर्दै उनले सीमा क्षेत्रमा भारतीयतर्फ बाट हुने घुसपैठ रोक्नका लागि सहज हुने बताए।
सीमा अपराध र सीमा अतिक्रमण लगायतका समस्या समाधानका लागि सशस्त्र प्रहरीले चौबिसै घण्टा गस्ती लगायतका कार्यमा खटिँदै आएको उनले बताए स्थापना गरिएका बिओपीमा सशस्त्र प्रहरी निरीक्षकको कमाण्डमा ३५ जना जवानलाई खटाइएको छ।
सीमा क्षेत्रमा केही दिनभित्रै थप चार वटा बिओपी स्थापना गरिने सशस्त्र प्रहरी बल नम्बर ३५ शैलेश्वरीका सशस्त्र प्रहरी उपरीक्षक वीरबहादुर साहुले बताए। उनका अनुसार सीमा क्षेत्रमा यसअघि १० वटा सशस्त्र प्रहरीका बिओपी रहेका थिए।
चार वटा थप भएपछि बिओपीको संख्या १४ पुगेको छ। सशस्त्र प्रहरी सीमा क्षेत्रमा तैनाथ गरिएपछि चोरी, तस्करी, सीमा अतिक्रमण लगायत समस्या हटदै गएका छन्। सशस्त्र प्रहरीले सीमा क्षेत्रमा गस्ती गर्दै आएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।