|

काठमाडौं : भारतिय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का अध्यक्ष सौरव गांगुलीले यसै वर्षको सेप्टेम्बरमा हुने तय भएको एशिया कप क्रिकेट रद्ध भइसकेको बताएका छन्। 

यो प्रतियोगिता पाकिस्तानले आयोजना गर्ने तय भएको थियो। यद्यपी पाकिस्तानी क्रिकेट बोर्डले भने आधिकारीक रुपमा कुनै जानकारी सार्वजानिक गरेको छैन्। गांगुलीले एक अन्तर्वातामा एसियाकप रद्ध भइसकेको बताएका हुन्। प्रतियोगिता रद्ध हुनुका पछि कोरोना मुख्य कारण भएको दावी गरिएको छ। यसको आधिकारीक घोषणा हुन भने बाँकी छ।
पाकिस्तानले भने अघिल्लो महिनामा भएको एशियन क्रिकेट काउन्सिलको बैठकमा एशिया कपको विषयमा हुने कुनैपनि फैसला मन्जुर नहुने बताएको थियो। 

उसले एसियाकप समयमा नै हुने र गर्नु पर्ने दबाब दिंदै आएको थियो। उसले आइपीएलका लागि एसियाकप सार्न पर्ने हल्लालाई निस्तेज गर्न पनि तोकिएकै समयमा प्रतियोगिता गर्नुपर्ने जिकिर गरेको थियो।

गांगुलीको भनाइ सार्वजानिक भएपछि पाकिस्तानी क्रिकेट बोर्डले आफुलाई रद्ध भएको विषयमा कुनै जानकारी नभएको जनाएको छ। पाकिस्तान बोर्डका प्रवक्ताले टी–२० फर्मयाटमा हुने प्रतियोगिता पछि सर्ने या रद्ध हुने विषयमा कुनै जानकारी नभएको दाबी गरेका छन्। उनले एशियन क्रिकेट काउन्सिलको बैठकको प्रतिक्षामा रहेको भन्दै आधिकारीक रुपमा एसीसीले कुनै जानकारी नगराएको जनाएको छ। 

एशिया कपमा कुल ६ टिमले सहभागिता जनाउँदै आएका छन्। भारत, पाकिस्तान, श्रीलंका, अफगानिस्तान र बंगलादेश प्रतिष्पर्धा गर्दा छैटौं टिमको टुंगो भने क्वालिफायर खेलबाट हुने गरेको छ।

१९८४ मा पहिलो युएईमा एशिया कपको आयोजना गरिएको थियो। प्रतियोगिता हरेक दुई वर्षमा हुने गरेको छ। २०१८ मा युएईमा नै एशिया कपको आयोजना भएको थियो। भारतले अहिले सम्म कुल ७ पटक उपाधि जित्दा श्रीलंकाले ५ तथा पाकिस्तानले २ पटक उपाधि जितेको छ। टेस्ट राष्ट्र बंगलादेशले अहिले सम्म यो उपाधि जित्न सकेको छैन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.