|

काठमाडौं : नेपाल र नेपालीको आत्मसम्मानमा आघात पुर्याउने अभिप्रायाले भारतीय सञ्चार माध्यमबाट भ्रामक सामग्री प्रशारण हुँदै आएको भन्दै नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले भर्त्सना गरेको छ।

पछिल्लो पटक भारतीय टेलिभिजन जी न्यूजले प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीलाई जोडेर प्रशारण गरेको सामग्रीप्रति आपत्ति जनाउँदै फोनिजले भर्त्सना गरेको हो

फोनिजका संगठन सचिव मिलन लिम्बूद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘सार्वभौमसत्ता सम्पन्न राष्ट्र नेपालको अस्तित्व र आत्मसम्मानमा गम्भीर आघात पुर्याउने अभिप्रायले भारतीय सञ्चार माध्यमबाट भ्रामक सामग्री प्रशारण भएको र हुँदै आएको ठहर गर्दै फोनिज यस्ता कार्यको भर्त्सना गर्दछ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.