|

काठमाडौं : मनसुन सक्रिय भएसँगै देशका विभिन्‍न स्थानमा बिहीबार दिउँसोदेखि वर्षा भइरहेको छ। अविरल वर्षापछिको बाढी-पहिरोले सिन्धुपाल्चोक, कास्की, जाजरकोट, म्याग्दी, गुल्मी, पश्चिम रुकुमलगायत विभिन्न जिल्लाहरूमा धनजनको ठूलो क्षति गरेको छ।

काठमाडौं उपत्यकामा पनि शुक्रबार बिहानैदेखि बदली भई पानी परिरहेको छ। चार दिनसम्म देशभरको मौसम बदली भई वर्षा हुने जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

वर्षापछि बाढी, पहिरो जाने, सडक तथा हवाई यातायात सेवा प्रभावित हुने तथा ढल र पानीको राम्रो निकास नभएको ठाउँमा डुबानसमेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन पनि विभागको अनुरोध छ। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.