|

मनाङ :  हिमाली जिल्ला मनाङ जोड्ने बेशीसहर–चामे सडक खण्डको विभिन्न स्थानमा पहिरो जाँदा अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार बेशीसहरदेखि चामेसम्म दर्जनभन्दा बढी ठाउँमा पहिरो गएको छ ।

बाढीले बेशीसहर नगरपालिका– ७ पुमाखोलामा कल्भर्डसहित सडक बगाएको छ। बेंसीसहर–६ बेलौतीबिसौनी नजिकै उत्तिसघारी खरखरेमा झरेको पहिरोले सडक पुरिएको छ । वर्षाले बेशीसहर–चामे सडकखण्ड अन्तर्गत पर्ने खरखरे भीर, सिमपानी, खुदी, अर्खलेबेंसी, घोप्टेभीर, काप्रेभीर, रामबजार, स्याँगे, शिरचौर, च्याम्चेलगायतका ठाउँमा पहिरो झरेको  लमजुङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद शर्माले जनाकारी दिए ।

पहिरोले सवारी आवागमन बन्द भएको छ । पदैलयात्रु जोखिम मोलेर यात्रा गरेका छन् । प्रमुख जिल्ला अधिकारी  शर्माका अनुसार पहिरो पन्छाउने सुरु भए पनि पूर्ण रूपमा सडक खुलाउन दुई दिन लाग्नेछ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.