नवलपरासी र चितवनको तटी क्षेत्रमा सतर्कता

|
फाइल फोटो

काठमाडौं : लगातारको वर्षातका कारण नारायणी नदीमा जलसतहले सतर्कता तह नाघेको छ। शुक्रबार बिहान साढे ११ बजे जल सतह सतर्कता तहभन्दा माथि पुगेको जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। 

महाशाखाका अनुसार नारायणी देवघाट जलमापन केन्द्रमा जलसतहले सतर्कता तह पार गरेको हो। 'त्यहाँ अझै जलसतह बढ्न सक्छ। खतरा पुग्‍न सक्ने भएकोले चितवन र नवलपरासीको तल्लो तटीय क्षेत्रमा रातिसम्मै उच्च सतर्कता अपनाउनुहोला', महाशाखाले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.