|

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद रोकिने छाँट नदेखिएको अवस्था प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा प्रदर्शन जारी छ। कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको विवाद नरोकिने छाँट देखिएका बेला ओलीका समर्थकले देशैभरी प्रदर्शन गरिरहेका छन्। काठमाडौं उपत्यकामा कोरोना फैलिरहेका बेला शुक्रबार पनि काठमाडौं, ललितपुर र भक्तपुरबाट आएका युवाहरुले माइतीघरमा प्रदर्शन गरे। 

राष्ट्रिय झण्डा र ओलीको तस्विरसहितका प्लेकार्ड र ब्यानरसहित प्रदर्शनमा उत्रिएका उनीहरुलाई मनसुनी वर्षाले भने नराम्ररी रुझाएको छ। तर झरीबीच उनीहरुले लिपुलेक हाम्रो हो, सरकार ढाल्न पाइँदैन, राजनीतिक स्थिरता चाहियो जस्ता नारा लगाउँदै माइतीघर मण्डलमा प्रदर्शन गरे। 

सत्तारुढ दलका समर्थकको प्रदर्शनका क्रममा सयौँ प्रहरी तैनाथ थिए। युवाहरुको प्रदर्शन अघि माइतीघरमै खोकनाबासीले पनि प्रदर्शन गरेका छन्। नेकपाको विवाद नरोकिएको अवस्थामा ओलीकै निर्देशनमा प्रदर्शन भइरहेको उनी इतर समूहले लगाइरहेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.