|

काभ्रे : जिल्लामा एकै दिन ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार जिल्ला स्वास्थ्य कार्यालय काभ्रेका प्रमुख डा. नरेन्द्र कुमार झाले जिल्लाको विभिन्न तीन स्थानीय तहका ६ जनालाई कोरोना पोजेटिभ देखिएको जानकारी दिए। संक्रमित देखिएका सबैको पिसिआर परीक्षण काठमाडौँमा गरिएको थियो। 

कोरोना संक्रमित हुनेमा बनेपा नगरपालिका–१३ भैसेपाटीका वर्ष ३० का एक पुरुष, पनौती नगरपालिका–९ सुन्थानका वर्ष २६ का एक पुरुष र सोही नपा–२ कुशादेवीका वर्ष ४९ को एक महिला छन्।

त्यस्तै तेमाल गाउँपालिका–८ का वर्ष ४० को एक पुरुष र काभ्रे तर पूरा ठेगाना नखुलेका वर्ष २३ का एक महिला छन्। बनेपा नगरपालिका वर्ष ३४ का एक पुरुषको पनि पूरा विवरण खुलेको छैन। पनौती–९ का पुरुष भने १५ दिनअघि कोरियाबाट फर्किएका हुन्।

योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या २१ पुगेको छ। उनीहरुमध्ये १० जनाले कोरोना जितेर घर फर्केको र बाँकी उपचारकै क्रममा रहेको जिल्ला स्वास्थ्य कार्यालय धुलिखेलले जनाएका छन्। 

आठ हजार बढीको पिसिआर परीक्षण, पाँच सय ८१ जनामा पोजेटिभ

जिल्लामा आठ हजार बढीको पिसिआर परीक्षण गरेको छ। धुलिखेल अस्पतालमा एक हजार आठ सय एक जनाको स्वाब लिई परीक्षण भएका समेत गरी आठ हजार दुई सय ८४ जनाको परीक्षण भएको हो। 

जसमा सात हजार सात सय ४ जनामा पिसिआर नेगेटिभ देखिएको र पाँच सय ८१ जनामा पोजेटिभ देखिएको जिल्ला स्वास्थ्य कार्यालय काभ्रेले जनाएको छ। धुलिखेल अस्पतालको कोरोना प्रयोगशालामा परीक्षण गरिएको एक हजार आठ सय एक जनाबाहेक जिल्ला बाहिरबाट स्वाब संकलन गरी परीक्षणका लागि ल्याइएकाहरु हुन्।  


 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.