|

लमजुङ : लगातार परेको पानीसँगै गएको पहिरोले लमजुङका विभिन्न स्थानीय तहका गाउँ जोखिममा परेका छन्।

दोर्दी गाउँपालिका–८ दुवारको मगर गाउँका २६ घरधुरी पहिरोको जोखिममा परेको गाउँपालिका उपाध्यक्ष दिल वहादुर घलेले बताए। उक्त गाउँका दलबहादुर राना मगर,  हिता रानामगर, कुमराज रानामगर, आइतबहादुर मगर लगायत स्थानीयको घर वरपरको जमिन भासिएको छ। 

वडा नम्बर ६ ढोडेनीमा चार घर र वडा नम्बर ८ खिन्चोकका केही घर पहिरोको जोखिममा परेको उपाध्यक्ष घलेले बताए। उनले वर्षाका कारण जमिन कमजोर हुँदा घरभित्रको जमिन चिराचिरा परेको, जमिन भासिएको र मुल फुटेर कुनै पनि समयमा गम्भीर क्षति हुन सक्ने अवस्था रहेको बताए। 

यस्तै, क्व्होलासोथर गाउँपालिका–७ स्थित भोंजेगाउँका ११ घर पहिराको उच्च जोखिममा छन्। वडाध्यक्ष दिलकुमारी गुरुङका अनुसार भोंजेगाउँका गमबहादुर कामी, गोमा विक, डल्ले कामी, कालो सार्की लगायतका घरहरु पहिरोको  जोखिममा रहेका छन्। भोंजे गाउँ विगतका वर्षहरुदेखि नै पहिरोको जोखिममा पर्दै आए पनि यस वर्ष भने वस्ती छेउमै पहिरो गएपछि स्थानीयवासीहरु थप चिन्तित भएका छन्।

उत्तरी लमजुङस्थित मर्स्याङ्दी गाउँपालिकाका उपाध्यक्ष होमबहादुर विकका अनुसार भुलभुलेका रणबहादुर तामाङ र सुकाजी कतिलाको घरमा पहिरोले क्षति पुगेको छ। त्यस्तै मस्र्याङ्दी–२ भाचेस्थित भदौरे गाउँमा पहिरोका कारण १५ घर जोखिममा परेको वडाध्यक्ष चेतबहादुर गुरुङले जानकारी दिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.