|
प्रतीकात्मक तस्बिर

दाङ : तुलसीपुर उपमहानगरपालिकाको एक पसलमा आगलाती हुँदा १५ लाख रुपैयाँ बराबरको क्षति भएको छ।

तुलसीपुर–१७ भण्डारी चोक नजिकै सेवक बस्नेतको घरमा देवबहादुर बस्नेतले सञ्चालन गरेको खुद्रा पसलमा शुक्रबार राति साढे ९ बजे आगलागी भएको हो। आगलागीबाट  हुदाँ १५ लाख रुपैयाँ बराबरको क्षति भएको ५ नम्बर प्रदेश प्रहरी कार्यालय दाङले  जानकारी दिएको छ।

आगलागी विद्युत सर्ट भएर लागको प्रहरीले जनाएको छ। आगलागीबाट पसलको सम्पूर्ण सामान जलेको प्रहरी कार्यालयका प्रवक्ता एसएसपी राजकुमार बैदवारले जानकारी दिए। आगो झन्डै पौने एघार बजेतिर स्थानीय, प्रहरी र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.