काठमाडौं : सप्तकोशी नदीमा आएको बाढीले उच्च जोखिमको तह पार गरेको छ। तर भारतीय नियन्त्रणमा रहेको ब्यारेजका ५६ मध्ये ३८ वटा ढोका मात्र खोलिएका छन्।
अहिले पनि कोशीको सहायक नदी, माथिल्लो तटीय र ब्यारेज क्षेत्रमा अविरल वर्षा भइरहेको छ।
शनिबार बिहान ८ बजे गरिएको मापनअनुसार सप्तकोशीमा पानीको बहाव २ लाख ७५ हजार क्युसेक पुगेको छ।
पानीको सतह निरन्तर बढिरहेको र खतराको उच्च तहमा पुगेको हो।
भिडियो :
तपाईंको ईमेल गोप्य राखिनेछ ।