|

माडीमा खोलाले बगाएर आज एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा ३० वर्षीय पुरुष रहेको इलाका प्रहरी कार्यालय माडीले जनाएको छ। 

दुई दिनदेखि परेको वर्षाका कारण रिमाल खोला बढ्दा खोला तर्ने समयमा उनलाई बगाएको अनुमान गरिएको प्रहरीले जनाएको छ। खोलाले बगाएर ल्याएको अवस्थामा माडी नगरपालिका-७ हरिनगरमा शव भेटिएको हो। 

यस्तै भरतपुर महानगरपालिका-२७ दिव्यनगरमा नारायणी नदीले पाँच मिटर ड्याम भत्काएको छ। जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार पानीको बहाव बढ्न थालेसँगै शुक्रबार नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीले लगाएको ड्याम नदीले बगाएको हो। सात मिटर ड्याममध्ये दुई मिटरमात्र बाँकी रहेको प्रहरीले जनाएको छ। 

यता वर्षाका कारण भरतपुर महानगरपालिका-११ भोजाडमा रुखले घर थिचेको छ। जसका कारण घरमा सामान्य क्षति भएको प्रहरीले जनाएको छ। भोजाडमा रहेको एउटा घरमा क्षति भएको हो। त्यसैगरी यज्ञपुरीमा पनि रुख ढलेर घरमाथि परेको र पन्छाउने काम भइरहेको प्रहरी उपरीक्षक नान्तीराज गुरुङले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.