|

ओखलढुंगा : असारको महिना सकिन लाग्दा ओखलढुंगामा २३ प्रतिशत रोपाइँ मात्र भएको छ। पानीका मुल नपलाएका कारण रोपाइँ गर्न नसकिएको हो।

कृषिज्ञान केन्द्र ओखलढुंगाका अधिकृत हेम आले मगरका अनुसार जिल्लामा रोपाइँ २५ प्रतिशत पनि रोपाइँ नभएको जानकारी दिए। पानी नपलाएका कारण पाखा खेतमा यो वर्ष पनि धान रोपाइँ ढिला हुने संकेत देखा परेको उनले बताए।

असारको पहिलो सातासम्म राम्ररी पानी परेको भएपनि मुल नउम्रेका कारण रोपाइँ हुन नसकेको हो। असार लाग्दै पानी परेको भएपनि मुल अझै नउम्रेपछि किसानले ब्याड मर्ने चिन्ता गरेका छन्।  गत वर्ष पनि किसानले पानी अभावका कारण धान रोप्न पाएका थिएनन्‌। यो वर्ष पनि पूर्ण रुपले भने रोपाइँ गर्न नसकेको लिखु गाउँपालिका वडा-५ का कमल कटुवालले बताए। 

बिहिबारदेखि मनसुन सक्रिय भएका कारण रोपाइँ गर्न पाउने आशामा किसानहरू रहेका छन्। गतवर्ष ओखलढुंगामा यो बेलासम्म १० प्रतिशत रोपाइँ भएको थियो भने यो वर्ष बुधबार सम्म २३ प्रतिशत रोपाइँ सकिएको छ।

'जिल्लामा रहेका लिखु, सुनकोशी, दुधकोशी र मोलुङ खोलाका किनारका केही खेतमा मात्र रोपाइँ भएको छ', आलेले भने, 'जिल्लामा ६ हजार २ सय ५० हेक्टर जमिनमा धान खेती हुन्छ।'

जिल्लामा कोदो रोपाइँ भने ३० प्रतिशत सकिएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.