|

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले बाढीमा बेपत्ता भएकाको खोजीलाई तीव्रता दिन, उद्धार र राहतलाई प्रभावकारी बनाउन सङ्घ, प्रदेश र स्थानीय सरकारसँग आग्रह गरेका छन्‌। 

उनले विज्ञप्तिमार्फत विपद्को यस घडीमा उद्धार र खोजीकार्यमा एकताबद्ध भई जुट्न स्थानीय जनता, जनप्रतिनिधि, विभिन्न राजनीतिक पार्टीका नेता कार्यकर्ता, सामाजिक अभियन्ता, सुरक्षा निकायलाई समेत अपिल गरेका हुन्‌।

पूर्वप्रधानमन्त्रीसमेत रहेका खनालले केही दिनअघिबाट अविरलरूपमा परेको वर्षाका कारण सिन्धुपाल्चोक, म्याग्दी, पर्वत, गुल्मी, बझाङ, लमजुङ, कास्की, रुकुम, जाजरकोट र रोल्पालगायत अन्य विभिन्न जिल्लामा भौतिक संरचनामा क्षति, मानवीय क्षति, मािनस घाइते र बेपत्ता भएको खबरले आफूलाई दुःखी तुल्याएको उल्लेख गरेका छन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.