|

पाकिस्तान सरकारले कृष्ण मन्दिर निर्माणमा रोक लगाएको छ। मन्दिर निर्माणमा रोक लगाएपछि तीन हजार पाकिस्तानी हिन्दू धर्मावलम्बी पूजा-अर्चना गर्नबाट वञ्चित हुने भएको छन्।

इस्लामावादमा मन्दिर निर्माण र पूजामा रोक लगाएको पहिलोपटक नभई राम मन्दिरमा पूजा गर्नमा रोक पाकिस्तान सरकारले रोक लगाएको थियो। १६ औँ शताब्दीमा निर्माण भएको उक्त मन्दिरमा पूजा गर्न रोक लगाएको थियो।

अल पाकिस्तान हिन्दू राइट्स आन्दोलनको सर्वेक्षण अनुसार १९४७ मा पाकिस्तानमा ४ सय २८ मन्दिर थिए। १९८० को दशक सम्म आइपुग्दा ४ सय ८ मन्दिर रहेको छ। जहाँ मन्दिर भएको स्थानमा दोकान, रेष्टुरेन्ट, होटल, सरकारी विद्यालय र मदरसा खुलेका छन्।

पाकिस्तानी प्रधानमन्त्री कार्यालयको तर्फबाट सौहार्दपूर्ण रूपमा प्रदर्शन पनि भएको थियो। इमरान खानको सरकारले मन्दिर निर्माणको लागि दश करोड रुपैयाँ दिने घोषणा गरेका थिए। प्रधानमन्त्री खानको घोषणालाई विभिन्न राजनैतिक दल र धार्मिक संगठनले विरोध गरेका थिए।

त्यसैगरी,अशरफिया मदरसाको शरिया कानुन अनुसार गैर मुस्लिमको लागि प्रार्थना गर्ने जग्गा अनुमति दिनु र मुस्लिम देशमा प्रार्थना गर्नु महापाप हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएको छन्।

पाकिस्तानको पंजाब विधानसभाका प्रवक्ता चौधरी परवेज इलाहीले हिन्दु,शिख र इसाईको धर्मस्थल निर्माण गर्नको लागि अनुमति दिने बताए। इस्लामिक धर्मअनुसार नयाँ मन्दिर, गुरुद्बवार, गिर्जाघर निर्माण गर्न अनुमति दिनु इस्लाम धर्मको विरुद्ध रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.