|
फाइल फोटो

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन गएका छन्। बर्खा लागेसँगै बाढी बाढीपहिरो तथा विश्वभर फैलिएको कोरोना महामारी लगायतको विषयमा जनताको अवस्था बुझ्न गृहजिल्ला गएका हुन्।

'आज बिहान गृहजिल्लाको अवस्था बुझ्नका लागि उहाँ चितवन जानुभएको छ। अब त्यहाँको सबै जनताको अवस्थाबारे बुझेर पर्सि मात्रै उहाँ काठमाडौँ फर्किनुहुने कार्यक्रमम तय भएको छ' अध्यक्ष दाहालका प्रेस सल्लाकार विष्णु सापकोटा जुगलले भने, 'उहाँ गृहजिल्ला नगएको पनि धेरै समय भइसक्यो। त्यहाँ बाढीको प्रकोप हुनसक्ने अवस्था देखिएकाले त्यता जानुभएको हो' उनले भने।

नेकपाभित्र तीव्र विवाद चलिरहेको बेलामा जारी स्थायी कमिटी बैठक स्थगित गरेर नेता कायकर्तालाई बाढी पहिरोको प्रकोपमा परेकालाई राहात र उद्धारमा जुट्न आग्रहसमेत गरिसकेको छ। पार्टीभित्रको आन्तरिक कलहले गर्दा नेकपा फुटको संघारसम्म पुगेको थियो। अध्यक्ष दाहालसहितका नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागिरहेको थिए। तर, प्रधानमन्त्री ओली दुवै पदबाट राजीनामा नदिने पक्षमा उभिएका छन्।

पार्टीभित्रको समस्याको कारणले असार १० गतेबाट जारी स्थायी कमिटीको बैठब समेत पटक पटक स्थागित भइसकेको छ। अहिले बाढी पहिरोको विपदलाई देखाउदै साउन २ गतेसम्मका लागि स्थायी समिति बैठक स्थगित गरेको छ। यही विवाद मिलाउन प्रधानमन्त्री ओली र अध्यक्ष दाहालबीच पटक पटक वार्ता बसिसकेको छ। तर, वार्ताले निकास पाउन सकको छैन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.