|

तनहुँ : क्वारेन्टाइनमा बसेको चार दिनमा एक पुरुषको मृत्यु भएको छ। उनी भारतबाट आएर क्वारेन्टाइनमा बसेका थिए। 

तनहुँको भानु नगरपालिका–५ मैबलका ६६ वर्षीय पुरुषको मृत्यु भएको भानु नगरपालिका स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक ऐश्वर्यचन्द्र भट्टराईले जानकारी दिए। भट्टराईका अनुसार नगरपालिकाले बनाएको शारदा कलेजको क्वारेन्टाइनमा बसेका पुरुषको मृत्यु भएको हो । उनी दम, मधुमेह, उच्च रक्तचाप र प्यारालाइसिसको बिरामीसमेत रहेका भट्टराईले बताए। 

उनलाई रोगले च्यापेर बेहोस भएपछि उपचारका लागि पोखरा लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रमुख जिल्ला अधिकारी बद्रिनाथ अधिकारीले बताए । ‘उनीमा कोभिड १९को संक्रमण भए/नभएको पुष्टि गर्न स्वाब लिइएको छ, उनको कोरोनाको परीक्षणपश्चात् मात्रै शवको व्यवस्थापनको काम गरिनेछ,’ अधिकारीले भने । 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.