|

कैलाली : पछिल्लो समयमा कैलालीको पूर्वी क्षेत्रमा विभिन्न बाहानामा वन तस्करी बढ्दै गएको छ। जिल्लाको डुडेझारी, गोराङ्गे, बल्चौर क्षेत्रका राष्ट्रिय वन, तथा सामुदायिक संरक्षित वनबाट चोरी तस्करी बढ्दै गइरहेको पाइएको छ।

कैलाशधाम धार्मिक वनभन्दा पूर्वपट्टि रहेको वनमा स्थानीयहरुले साना–साना कलिला बोटविरुवाहरू जरैबाट काट्न थाले पनि राष्ट्रिय वन तथा समग्र वन क्षेत्रको संरक्षणको जिम्मा पाएको सव–डिभिजन वन कार्यालय भने बेखबर छ।

दैनिकजसो साईकलमा हरिया काँचा दाउरा, काठ तस्करी हुँदै आएको स्रोतले जनाएको छ। वन संरक्षणको लागि आफूहरूले सव डिभिजन वन कार्यालय लम्कीसँग पटक–पटक आग्रह गर्दासमेत वन कर्मचारीहरुले भने खासै चासो नदिएको कैलाशधाम धार्मिक वनका अध्यक्ष लक्ष्मीराम रिमालले बताए।

धार्मिक वन जोगाउनका लागि आफूहरू लागि परे पनि रातारातसमेत कलिला बुटाहरु काटेर तस्करहरुले ओसारपसार गर्ने गरेको उनले बताए। बिहीबार राति करिब ११ बजेतिर मात्रै पनि अज्ञात समूहले लम्कीचुहा नगरपालिका-१ को भुरुवास्थित बालकल्याण माध्यामिक विद्यालय नजिकै एक रुख र जनकल्याण सामुदायिक हाताभित्र पर्ने एक रुख सालको तस्करी भएको स्थानीय बताउँछन्।

सालका २ रूख कटानी गरीएको खबर सतहमा आएपछि केही अगुवाले विद्यालयको प्रयोजनको लागि काटिएको बताउँदै आएका छन्। तर, राता रातारात रुख काटिनुले स्थानीयमा आशंका पैदा भएको छ।

उपभोक्ताले नजिकै रहेको सव डिभिजन वन कार्यालयलाई खबर गर्दासमेत सव–डिभिजन वन कार्यालय लम्कीले जानकारी नभएको प्रतिक्रिया दिएको छ। कार्यालयका प्रमुख सोमलाल घलानले आफूलाई यस विषयमा कुनै जानकारीसमेत नभएको भन्दै आलटाल गरेको स्रोत बताउँछ। तर, यो घटनाको बारेमा सामाजिक सञ्जालमा बहस नै हुन थालेपछि शनिबार बिहान डिभिजन वन कार्यालय पहलमानपुरको टोली आएर छापा मारेको बताइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.