|
फाइल फोटो

काठमाडौंः विभिन्न देशमा रहेका करिब १४ सय नेपाली आज स्वदेश फर्किएका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार विभिन्न देशबाट आज मात्र १३ सय ८१ जना नेपाली काठमाडौं आइपुगेका हुन्।

आज सबैभन्दा वढी युएईबाट मात्र ५ वटा उडानमार्फत ७७३ जना नेपाली स्वदेश फर्किएका छन्। तीमध्ये दुबईबाट नेपाल एयरलाइन्समार्फत १४९ जना, फ्लाई दुबईमार्फत १७२ जना, सारजाबाट एयर अरेबियाको विमानमार्फत १६१ जना, अवुधाबीबाट हिमालयन एयलाइन्समार्फत १५१ जना र यतिहादविमानमार्फत १४० जना रहेका छन्।

त्यसैगरी, साउदी अरबबाट दुइ वटा उडानमार्फत ४१५ जना काठमाडौं आइपुगेका छन्। साउदी अरबको जेद्धाबाट नेपाल एयरलाइन्सको विमानमार्फत २६२ जना र दमामबाट हिमालयन एयलाइन्समार्फत १५३ जना नेपाली स्वदेश फर्किएका हुन्।

त्यस्तै कुवेतबाट जजिराविमानमार्फत १६० जना र टर्कीबाट टर्कीस एयरको विमानमार्फत ३३ जना नेपाली काठमाडौं आइपुगेका हुन्। हिजो भने १६ सय बढी नेपाली स्वदेश फर्किएका थिए। कोरोनाको महामारीका कारण लकडाउन जारी भएपछि रोकिएका नेपाली स्वदेश फर्कने क्रम जारी छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.