|

बर्दिया : बबई नदीमा बगेर जिल्लाका २ जना बेपत्ता भएका छन्। ठाकुरबाबा नगरपालिका ४ का एक दम्पती बेपत्ता भएका हुन्। उक्त नगर ४ बगनाहा गाउँका ३२ वर्षीय जितबहादुर थारू र २६ वर्षीय राजकुमारी हराइरहेका बर्दिया प्रहरीले जनाएको छ। 

बबई नदी किनारमा रहेका दाउरा संकलन गरी घर फर्कने क्रममा नदीमा बगेका प्रहरीले जनाएको छ। प्रहरीका अनुसार नदीको खैलार बनकट्टीघाट नजिक शनिबार बिहानबाट उनीहरु बेपत्ता भएका हुन्। 

नदीमा बगेको स्थानीय बाख्रा चराउनेहरुले देखेपछि प्रहरीलाई खबर गरेका र बेपत्ता भएको खबर पाएलगत्तै प्रहरी, जनप्रतिनिधि र स्थानीय बासिन्दाले खोजी गरिरहेका छन्। 
 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.