|

तनहुँ : लकडाउन खुकुलो भएसँगै व्यक्तिगत रुपमा सतर्कता अपनाउन भनिएको छ। लकडाउन खुकुलो भएपछि सर्वसाधारणहरु पनि घर बाहिर निस्किन थालेका छन्। यसले गर्दा कोभिड संक्रमण फैलन सक्ने भएकाले तनहुँका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ अधिकारी र प्रहरी उपरीक्षक अरुण पौडेलले सचेतना जगाउन लागिपरेका छन्। 

प्रजिअ अधिकारी र एसपी पौडेल अहिले जिल्लावासीको स्वास्थ्यप्रति धेरै नै सचेत भएका छन्। कोभिड संक्रमणबाट जोगाउन सडकदेखि जिल्लावासीको घरघरसम्म पुगेर संक्रमणसम्बन्धी सचेतना जगाउने गरेका छन्। खुकुलो लकडाउनमा सर्वसाधारण बिनामास्क घरबाहिर निस्कँदा संक्रमण फैलन सक्ने भएकाले सचेतनालाई प्राथमिकता दिएको बताउँछन्। सर्वसाधारणमा सचेतनाको अभाव भएको महसुस गर्दै सडक र घरघरमा पुगेर सचेत गराउँदै मास्क वितरण गर्ने गरेको प्रजिअ अधिकारीले बताए। 

‘गृह मन्त्रालयले बिनामास्क घर बाहिर ननिस्किन आग्रह गरेको छ, तर सर्वसाधारणहरु बिनामास्क हिँड्दा संक्रमण फैलन सक्छ, जसले गर्दा संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सडक र घरघरमा सचेतना फैलाउन आफैं पुग्छौं, हामी नै यसरी खटिँदा भने सर्वसाधारणले सहज रुपमा अनुशरण गर्ने अपेक्षा गरेका पनि छौं,’ प्रजिअ अधिकारीले भने। 

प्रजिअ र एसपीले शनिबार पृथ्वी रामार्गअन्तर्गत मुग्लिन–कोत्रे सडक खण्डको डुम्रे बजारमा गुडेका सवारीसाधन, पसल, सर्वसाधारणलाई सचेतनासहित मास्क वितरण गरेका छन्। डुम्रे लगायतका क्षेत्रमा मात्रै शनिबार ५ सय मास्क वितरण गरिएको अधिकारीले जानकारी दिए।

‘मास्क दिँदै सर्वसाधारणलाई सचेतना अपनाउन पनि सिकाएका छौं,’ उनले भने, ‘सरुवा एवं संक्रमण रोग ऐन २०२० अन्तर्गत मास्क नलगाई घर बाहिर हिँड्नेलाई गृह मन्त्रालयले पक्राउ गरी कारवाही गर्न निर्देश गरिसकेकोले पहिले सचेतना जगाउन आवश्यक देखेर अभियान जरी सुरुवात गरेका हौं।’

सरकारले कोरोना संक्रमणलाई हेलचेक्याइँ गर्ने र लकडाउन अवहेलना गरे १ महिना कैद वा जरिवाना वा दुवै सजाय समेत तोकेको हुनाले मास्क वितरण गदै जनतालाई सचेत गराउन जनताको घर तथा सडकमा निस्किएको प्रमुख प्रहरी उपरीक्षक अरुण पौडेलले बताए।

‘पहिलो चरणमा हामीले सचेतना गराउदै हिडेका हौं, पछि हेलचक्र्याइँ गरेका पाइएमा हामीले कारबाही पनि थाल्नेछौं, विश्वका विकसित मुलुकलाई समेत प्रभाव पारेको कोरोना भाइरस विरुद्ध सबैले आ–आफनो ठाउँबाट उच्च सतर्कता अपनाउन आवश्यक छ,’ पौडेलले भने।

लकडाउन खुकुलो भएसँगै सर्वसाधारणले हेल्चेक्रयाइँ गर्न थालेपछि सरकारले कारबाही गर्ने निर्णय गरेको छ। गृह मन्त्रालयले जसले मास्क नलगाई घरबाहिर हिँड्छ, उसलाई पक्राउ गरी संक्रमण रोग ऐन २०२० अन्तर्गत कारबाही गर्न समेत प्रहरी प्रशासनलाई निर्देशन दिइसकेको छ। सरकारले काममा निस्किँदा दुई मिटरको दूरी कायम गर्ने, मास्क अनिवार्य लगाउनुपर्ने र स्वास्थ्यसम्बन्धी मापदण्डहरूको पालना गर्ने सर्त कायम गरे पनि सर्वसाधारणले यसलाई अवलम्बन नगरेको मन्त्रालयले जनाएको छ। 

यस्तै, ऐन पालना गराउने अधिकृत व्यक्तिलाई काममा बाधा पु¥याउनेलाई ६ महिनासम्म कैद वा ६ सय रुपैयाँ जरिबाना वा दुवै हुने व्यवस्था छ। यो ऐनले उक्त कसुरमा कारबाही र किनारा गर्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई प्रदान गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.