|

काठमाडौं : बलिउडका अभिनेता अमिताभ बच्चनलाई कोरोना संक्रमण भएको पुष्टि भएको छ।

उनले ट्विटरमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन्।

बच्चनले काेराेना रिपोर्ट पाेजेटिभ आएपछि आफूसँग सम्पर्कमा रहेका अरुलाई पनि कोरोना परीक्षण गर्न आग्रह गरेका छन्।

उनलाई मुम्बईको नानावती अस्पताल भर्ना गरिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन्। पछिल्लो समय उनी फिल्म सुटिङमा पनि सक्रिय थिए। उनका चेहरे, ब्रम्हास्त्र र झुण्ड लगायत फिल्म आउँदै छन्।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.