|
फाइल फाेटाे

काठमाडौं  : आज बिभिन्न देशबाट ११ सय भन्दा बढी नेपाली स्वदेश फर्किँदैछन्। कोरोना भाइरसको महामारीका कारण अप्ठेरोमा परेका व्यक्तिहरु फर्किने क्रममा आज सबैभन्दा धेरै युएईबाट ३ सय भन्दा बढी स्वदेश फर्किने नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। 

युएईको दुबईबाट नेपाल एयरलाइन्स र फ्लाई दुबईमार्फत ३ सय १५ जना नेपाली काठमाडौं आइपुग्दैछन्।  त्यस्तै जापानबाट नेपाल एयरलाइन्समार्फत २ सय ६० जना नेपाली स्वदेश फर्किँदैछन्। बहराइनबाट नेपाल एयरलाइन्स मार्फत् १ सय ५० जना, फिलिपिन्सबाट हिमालय एयरलाइन्समार्फत १ सय २७ जना तथा मलेसियाबाट हिमालय एयरबाटै १ सय ५४ जना नेपाली स्वदेश फर्किने प्राधिकरणले जनाएको छ। 

साउदी अरबको दमामबाट हिमालय एयरलाइन्सको जहाजमार्फत १ सय १४ जना नेपाली केहीबेर अघि काठमाडौं आइपुगेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.