काठमाडौं ः चितवनमा आज पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा भरतपुर महानगरपालिकाका एक महिलासहित पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डाक्टर नितु अधिकारीले जानकारी दिइन्।
संक्रमण पुष्टि हुनेहरुमा भरतपुर महानगरपालिकाका २७ वर्षीया महिला र ३६ देखि ४३ वर्ष उमेर समूहका चार जना पुरुष रहेका छन्। आज संक्रमण पुष्टि भएसँगै चितवनमा कुल संक्रमितको संख्या एक सय नाघेको डाक्टर अधिकारीले जनाकारी दिइन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।