|
फाइल फाेटाे

काठमाडौं : जाजरकोटको बारेकोटमा गएको पहिरोमा पुरिएर बेपत्ता भएकामध्ये १० जनाको शव भेटिएको छ। पहिरोमा पुरिएर अझै ५ जना बेपत्ता भएको र त्यहाँका एक हजार मानिस विस्थापित भएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले थाहाखबरलाई जानकारी दिए।  

प्रजिअ पन्तका अनुसार बारेकोट–४ जिरीका ३२ घर, गोठ गाउँका ८ घर, मैना गाउँका ५० भन्दा बढी घरपरिवार विस्थापित भएका छन्। त्यस्तै वडा नं १ को धौलाकोटमा ३२ घरधुरी, वडा नं ५ को पाखा, तोलखाना र कालाखोलीका १५० भन्दा बढी घरधुरी विस्थापित भएका छन्। उनीहरुलाई गाउँकै विद्यालयमा राखिएको र बेपत्ताहरुको खोजीको लागि नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र रेडक्रसको टोलीले खटिएको उनले जानकारी दिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.