मुम्बई : बच्चन परिवारका सदस्यहरु अमिताभ बच्चन र अभिषेक बच्चनपछि ऐश्वर्या राय बच्चनको पनि कोरोना रिपोर्ट पोजेटिभ* आएको छ। दुई बाबुछोरामा शनिबार राति कोरोना संक्रमण पुष्टि भएको थियो। उनीसँगै छोरी आराध्यामा पनि कोरोना पोजेटिभ* देखिएको समाचार टाइम्स अफ इन्डियाले छापेको छ।
बाबु अमिताभ र छोरा अभिषेक अहिले उपचारका लागि मुम्बईकै नानावती अस्पतालमा भर्ना भएका छन्। बच्चन परिवारकी अर्की सदस्य अभिषेक पत्नी ऐश्वर्या र छोरी आठ वर्षीया आराध्यामा पनि आइतवार कोरोना पुष्टि भएको छ।
ऐश्वर्या सासू जया बच्चनको भने कोरोना रिपोर्ट नेगेटिभ आएको छ। अमिताभको रिपोर्ट पोजेटिभ आएपछि पूरै परिवार र कर्मचारीको कोरोना परीक्षण गरिएको थियो। परिवारका अन्य सदस्य र कर्मचारीको रिपोर्ट आइसकेको छैन।
कोरोना संक्रमित चारैजनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ। महाराष्ट्रका स्वास्थ्य मन्त्री राजेश टोपेले बच्चन परिवारका चार सदस्यमा कोरोना भएको पुष्टि गरेका छन्।
भारतको मुम्बई कोरोनाको हट स्पट बनिरहेको छ। बच्चन परिवारको सम्पर्कमा आएका अन्य ५४ जनाको पनि कोरोना परीक्षण गरिने भएको छ। जसमा २८ जनाको परीक्षण भइसकेको छ भने अन्यको हुँदैछ।
***यसअघि बच्चन परिवारकी सदस्य ऐश्वर्या राय बच्चनको कोरोना रिपोर्ट नेगेटिभ आएको भनेर भूलवश प्रकाशित समाचार सच्याइएको छ। -सम्पादक
तपाईंको ईमेल गोप्य राखिनेछ ।