|

तनहुँ : अविरल वर्षाका कारण जिल्लाका विभिन्न ठाउँमा पहिरो जाँदा  ११ जना पुरिएर बेपत्ता भएका छन्। 

पहिरोमा परिएर ऋषिङ गाउँपालिकाका–८ पल्ट्याङका एकै घरको ५ जना, व्यास नगरपालिका–९ माझकोटमा घर भत्किएर ४ जना र व्यास नगरपालिका–९ कै एक बृद्धा पुरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायव उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए। 

तिमिल्सिनाका अनुसार म्याग्दे गाउँपालिका–१ का एक सहित  ११ जना बेपत्ता भएका छन्। ऋषिङ गाउँपालिका–८का अनबहादुर थापाको ५ जना एकै घरका छोरा, बुहारी र नातिनी भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ। 

त्यस्तै व्यास–९ माझकोटको केशरबहादुर थापाको घर भत्किदा ४ जना र सोही ठाउँका मान बहादुर घर्तीको ७० वर्षीया आमा घर भत्किदा पुरिएको तिमिल्सिनाले बताए। ऋषिङमा  स्थानीयवासीले उद्दार कार्य भइरहेको गाउँपालिकाका प्रवक्ता विजय दरैले जानकारी दिए। व्यास नगरपालिकाका ९ माझकोटमा भने प्रहरी उपरीक्षक अरुण पौडेलको टोलीद्वारा उद्दार भइरहेको उनले बताए। 

मादी नदी र बुल्दि खोलामा ठूलो बाढी आउँदा बसपार्क वरपरका मानिसहरु विस्थापित हुने अवस्थामा पुगेका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.