|

काठमाडौं : कोरोना भाइरसको महामारीपछि भएको पहिलो अन्तर्राष्ट्रिय क्रिकेटमा वेष्ट इन्डिज विजयी भएको छ। क्रिकेट गतिविधि रोकिएको १ सय १७ दिनपछिको पहिलो टेष्टमा वेष्टइन्डिजले इङ्ल्याण्डलाई ४ विकेटले पराजित गरेको हो।

अन्तिम दिन जितका लागि पाएको २०० रनको लक्ष्य पाहुना टोलीले ६ विकेटको क्षतिमा पुरा गर्‍यो। वेष्ट इन्डिजका लागि जर्मेन ब्ल्याकवुडले सबैभन्दा धेरै ९५ रन जोडे।  त्यस्तै रोष्टन चासेले ३७ तथा शाने डोरिचले २० रन बनाए। इङ्ल्याण्डका शेसनन गाब्रियलले पहिलो पारीमा ४ र दोस्रो पारीमा ५ विकेट लिए। 

सुरुमा इङ्ल्याण्डले टस जितेर पहिले ब्याटिङ गर्दै २०४ रन जोडेको थियो। त्यसको जवाफमा वेस्टइन्डिजले ३ सय १८ रन जोड्दै ११४ रनको अग्रता बनायो। 
दोस्रो पारीमा इङ्ल्याण्डले ३१३ रन बनायो । जसबाट वेष्ट इन्डिजसामु २०० रनको लक्ष्य खडा भयो। 

यी दुई टोलीबीचको दोस्रो टेष्ट बिहीबार म्यानचेस्टरमा सुरु हुनेछ। इङ्ल्याण्डले आफ्ना पछिल्ला ५ टेष्ट सिरिजमा पहिलो पटक पराजय ब्यहोरेको हो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.