सक्रिय कोरोना संक्रमित ६ हजार ६ सय १३

|

काठमाडौं : नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १० हजार २ सय ९४ पुगेको छ। कुल संक्रमित संख्याको ६०.७ प्रतिशत कोरोना संक्रमित निको भइ घर फर्किइसकेका छन्।

यो समाचार तयार पार्दासम्म नेपालमा कोरोना संक्रमितको कुल संख्या १६ हजार ९ सय ४५ रहेको छ। सक्रिय संक्रमित ६ हजार ६ सय १३ जना रहेको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले जानकारी दिए। त्यसैगरी, कोरोना पुष्टि भई मर्नेको संख्या ३८ पुगेको छ। 

प्रदेश १ को क्वारेन्टाइनमा रहेका संख्या २ हजार ५ सय ३७ पुगेको छ। सक्रिय संक्रमित १ सय ८३ र ५ सय ८३ डिस्चार्ज भएका छन्। हालसम्म ७ सय ६६ संक्रमित भेटिएका छन्।

प्रदेश २ को क्वारेन्टाइनमा  ३ हजार २५ छन्। जसमध्ये आइसोलेसनमा १ हजार ८ सय ७२ र २ हजार ४ सय ७२ डिस्चार्ज भएका छन्। ४ को मृत्यु र ४ हजार ३ सय ४८ संक्रमित छन्।

१ हजार ९ सय ४१ वागमती प्रदेशको क्वारेनटाइनमा छन्। अहिलेसम्म आइसोलेसनमा  ४ सय ५८ संक्रमित, सय ४७ डिस्चार्ज, ९ को मृत्यु र ८ सय १४ संक्रमित छन्।

गण्डकी प्रदेशको क्वारेन्टाइनमा ३ हजार ७ सय ६९ छन्। जसमध्ये आइसोलेसनमा ४ सय ९८, ७ सय ७१ डिस्चार्ज,५ मृत्यु र जम्मा १ हजार २ सय ७४ छन्।

प्रदेश ५ को क्वारेन्टाइनमा ४ हजार ९ सय २३ छन्। आइसोलेसनमा ७ सय २९, डिस्चार्ज ३ हजार ३ सय ३२, मृत्यु १० र ४ हजार ७१ छन्।

१ हजार ७ सय ५८ कर्णाली प्रदेशको क्वारेन्टाइनमा छन्। कोरोना पुष्टि ३ सय ६१, डिस्चार्ज १ हजार ३ सय ७१, मृत्यु ४ र जम्मा संक्रमित १ हजार ७ सय ३६।

सुदुर पश्चिम प्रदेशको क्वारेन्टाइनमा ५ हजार ५ सय १७ छन्। आइसोलेसनमा कोरोना पुष्टि भएका संक्रमित २ हजार ५ सय १२,१ हजार ४ सय १८,मृत्यु ६ र कुल संक्रमित ३ हजार ९ सय ३६ छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.