|

काठमाडाैं : पोर्न साइट बनाएर चलाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। साइबर ब्युरोले गोंगबुका २३ वर्षीय सुरज श्रेष्ठलाई समातेको हो। उनले अनधिकृत रुपमा पोर्न साइट बनाएर भिडियो राखेको आरोप प्रहरीको छ। 

श्रेष्ठले चितवनकी १७ वर्षीया किशोरीको अश्लील भिडियो पोर्न साइटमा हालेको अभियोगमा शनिबार पक्राउ गरिएको एसएसपी नवीन्द अर्यालले बताए। उनले ती किशोरीको भिडियो पोर्न साइटमा अपलोड गरेपछि पीडित पक्षले साइबर ब्युरोमा उजुरी दिएको थियो। 

आरोपी श्रेष्ठलाई ७ दिनको म्याद थप गरेर अनुसन्धान भइरेहको प्रहरीले जनाएको छ। प्रहरीले श्रेष्ठलाई विद्युतीय कारोबार ऐन २०६३ को परिच्छेद(९ मा उल्लिखित कसुरमा पक्राउ गरी अनुसन्धान बढाएको प्रहरीले बताएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.