|

भद्रपुर : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा वामपन्थी हालको नेपाल कम्युनिस्ट पार्टीसँग गठबन्धन गरेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) झापाले वर्तमान सरकारलाई गर्दै आएको समर्थन फिर्ता लिन पार्टीका केन्द्रीय समितिलाई आग्रह गरेको छ।
 

हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र लिङदेनमाथि गत असार १० गते गाउँपालिकाको गाउँ सभामै बहुमतको आडमा गाउँपालिकाका उपाध्यक्ष डम्बरबहादुर गिरीसहितका जनप्रतिनिधिले अभद्र व्यवहारसहित हातपात गरेको भन्दै सोमबार बसेको राप्रपा गाउँ समिति हल्दिबारीको बैठकले विभिन्न बुँदामा निर्णय गर्दै यस्तो आग्रह गरेको हो।

राप्रपा गाउँ समितिका अध्यक्ष एकराज राना मगरको अध्यक्षतामा बसेको बैठकले यस्तो निर्णय गरेको हो। 

झापामा पछिल्लो चु्नावामा सहकार्य गरे पनि नेकपाले लामो समयदेखि शुत्रवत व्यवहार देखाउँदै आएको राप्रपाको ठम्याइ छ। 

साथै बहुमतबाट निर्वाचित गाउँपालिका अध्यक्षलाई समेत बाहुबलका आधारमा विस्थापित गर्न नेकपा अग्रसर भएको र अन्य राष्ट्रिय परिस्थितिका दृष्टिले समेत सरकारलाई समर्थन कायम राखिराख्न उचित नदेखिएको राप्रपाको निष्कर्ष छ। 

 त्यस्तै बैठकले हल्दिबारी गाउँपालिकाको सातौँ गाउँसभाको दिन गाउँपालिकाका अध्यक्ष तथा राप्रपा झापा सदस्य रवीन्द्र लिङदेनमाथि नेकपाका तर्फबाट निर्वाचित जनप्रतिनिधिहरूबाट भएको अभद्र व्यवहार र त्यस पश्चात् उत्पन्न परिस्थिति प्रति राप्रपा गाउँ समिति गम्भीर र चिन्तित भएको बताइएको छ। 


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.