|

पाल्पा : सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पा बुटवल सडकखण्ड अवरुद्ध भएको छ। सोमबार बेलुकी साढे सात बजेदेखि सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए। 

उनका अनुसार तिनाउ गाउँपालिका ३ पैठेडाडास्थित सिद्धार्थ राजमार्गमा खसेको सुक्खा पहिरोसँगै खसेको ठूलाठूला ढुङ्गाले सडक अवरुद्ध भएको हो। पहिरो  पन्छाउन स्काभेटर पुगेको छ।

तर राति भएको र ढुङ्गा खस्ने क्रम नरोकिएकोले पहिरो पन्छाउन कठिन भएको हो। मङ्गलबार बिहानै देखि सडक खुलाउन काम थालिने प्रहरी निरीक्षक श्रेष्ठले बताए। सडक अवरुद्ध हुँदा टाढा जाने यात्रु बीच बाटोमा अलपत्र परेका छन्। कयौं सवारी साधन सडकमै रोकिएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.