|
फाइल फोटो

अष्ट्रेलियामा चार महिनापछि फुटबल फर्किंदै छ। जुलाई १७ देखि त्यहाको टप फुटबल लिग (ए लिग) सुरु हुँदैछ। फुटबल फेडेरेशन अफ अष्ट्रेलिया (एफएफए)ले सोमबार उक्त जानकारी दिएको हो।

बिहीबारबाटै सुरु हुने भनिए पनि मेलबर्नमा कोरोना संक्रमणको देखिएपछि एक दिनपछि सारिएको हो। तीन टिम मेलबर्न भिक्ट्री र वेस्टर्न युनाइटेड तथा मेलबर्न सिटी सिड्नीमा रोकिएका थिए। यी तीनवटै टिमलाई १४ दिन क्वारेन्टाइनमा राखिएको छ। कोरोना संक्रमणका कारण दर्शकको संख्या भने नियन्त्रण गरिएको छ। ४५ सयभन्दा बढी दर्शकलाई मैदान प्रवेश गर्न नदिइने जनाइएको छ।

पहिलो खेलमा सिड्नी एफसी र वेलिग्टन फिक्सि बिच पहिलो खेल हुँदैछ। यद्यपि, अघिल्लो पटक सार्वजानिक तालिकामा भने भेलबर्न भिक्ट्री र वेस्टर्न युनाइटेडबीच प्रतिस्पर्धा गर्ने कार्यतालिका रहेको थियो। क्वारेन्टाइनका कारण सेडुअल परिवर्तन गरिएको हो।

अहिले सबै टिमका खेलाडी तथा पदाधिकारीहरुको कोरानो परीक्षण गरिरहेको छ। यदि सबै टिमको रिपोर्ट नेगेटिभ आएको खण्डमा मंगलबारदेखि सबै टिमले सामूहिक अभ्यास सुरु गर्ने छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.