मनोरञ्जन

अभिनेत्री सारा अलि खानका ड्राइभरलाई पनि कोरोना

असार ३०, २०७७

    काठमाडौं : बलिउड अभिनेत्री सारा अली खानको ड्राइभर कोरोना पोजेटिभ भएको छ।   खानले आफ्नो ड्राइभरलाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएकी छन्। 

    अभिनेत्री साराले आफ्नो ड्राइभरलाई कोरोना पोजेटिभ देखिएको त्यसपछि गरिएको परीक्षणमा आफूसहित आफ्नो परिवारको कोरोना परिक्षण गराएको र रिपोर्ट निगेटिभ आएको जानकारी दिएकी छन्।

    यसअघि बलिउडका महानायक अमिताभ बच्चनको परिवारमा अमिताभसहित अभिषेक बच्चन, उनकी पत्नी ऐश्वर्या राय बच्चन र छोरी आराध्या कोरोना संक्रमित भएका छन्। यसै गरी अभिनेता अनुपम खेरकी आमा र भाइको परिवारसमेत कोरोना संक्रमित भएको छ।

    यस अघि गायिका कनिका कपुरसहित अन्य कैयौं कलाकार, निर्देशक र निर्माताहरु संक्रमित भएका छन्। भारतमा तिब्र गतिमा फैलिएको कोरोनाबाट अहिलेसम्म २३ हजार भन्दा बढीको मृत्यु भएको छ भने ९ लाखभन्दा बढी संक्रमित भएका छन्।  

     
     
     
     
     
     
     
     
     
     
     
     
     

    🙏🏻🙏🏻🙏🏻

    A post shared by Sara Ali Khan (@saraalikhan95) on

     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]