|

पाल्पा  ः सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पा बुटवल सडकखण्ड अवरुद्ध भएको छ। 

सोमबार बेलुकी साढे सात बजेदेखि सडक पूर्णरूपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक सुरज श्रेष्ठले बताए। सडक अहिलेसम्म पनि सुचारू हुन सकेको छैन।

उनका अनुसार तिनाउ गाउँपालिका ३ पैठेडाडास्थित सिद्धार्थ राजमार्गमा माथिबाट सुख्खा पहिरोसङ्गै खसेको ठुलाठुला ढुङ्गाले सडक अवरुद्ध भएको हो।  मंगलबार बिहानै देखि  ब्रेकर र स्काभेटरले पहिरो  पन्छाउने काम भइरहेको छ। सडक सुचारू हुन कम्तिमा ४ घण्टा लाग्ने प्रहरीले जनाएको छ।

ठुला ढुङ्गा भएकोले ब्रेकरलाई समेत पहिरो पन्छाउन हम्मेहम्मे  भएको प्रहरी निरीक्षक श्रेष्ठले बताए। अहिले पानी परिरहेकोले काम गर्न कठिन भइरहेको छ।यद्यपि काम भने भइहेको छ। सडक अवरुद्ध हुँदा टाढा जाने यात्रु गएरातिदेखि नै बीच बाटोमा अलपत्र परेका छन्। कयौं सवारी साधन सडकमै रोकिएका छन्

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.