|

बैतडी : भारतको झुलाघाटमा मृत अवस्थामा फेला परेका बैतडीका बालकको शव स्वदेश ल्याइएको छ। 

चमेलिया नदीमा बगेर बेपत्ता भएका डिलाशैनी गाउँपालिका ६ चौसेराका ९ वर्षीय बालक रुपेश नाथ महाकाली नदी पारी झुुलाघाटमा मृत  फेला परेका थिए।

मृतक बालकको शव नेपाल भारत सीमानाका सोमवार  साढे ९ बजे  खोलेर स्वदेश ल्याईएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक गौरीप्रसाद जैसीले जानकारी दिए।

बालकको शव परिक्षण भारतको पिथौरागढमा गरिएको र त्यसपश्चात नेपाल ल्याइएको हो। उनले भने “मृतकका बालकका परिवारका सदस्यलाई सोमवार दिउँसो पारी पठाएको र सनाखतपश्चात शव ल्याइएको छ।”  

शव नेपाल ल्याउनको लागि झुलाघाट नाका  खोल्ने भनेर दुई देशका स्थानीय प्रशासनबिच सहमती भएको थियो। बाख्रा चराउन डिलाशैनी गाउँपालिका ६ डडियास्थित चमेलिया किनार गएका रुपेश नदीमा बगेर आएको बोत्तल समात्न खोज्दा आइतबार दिउँसो १ बजे बगेका थिए।  नदीमा बगेर बेपत्ता भएका रुपेश आइतबार बेलुका ७ बजे महाकाली पारी झुलाघाटमा मृत फेला परेका थिए।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.