|

डडेल्धुरा : डडेल्धुराको अजयमेरु गाउँपालिकामा पानीको गुणस्तर परीक्षण प्रयोगशाला स्थापना गरिएको छ।

सोमबार खानेपानीको शुद्धता जाँच गर्न पानीको गुणस्तर परीक्षण ल्याब स्थापना गरिएको हो। गाउँपालिकामै पहिलोपटक ल्याब स्थापना गरिएको गाउँपालिका अध्यक्ष उमेशप्रसाद भट्टले जानकारी दिए। 

‘आजबाट हामीले गाउँपालिकामै पानीको शुद्धता परीक्षण गर्न ल्याब स्थापना गरेका छौं,’ उनले भने, ‘अब हामीले धनगढीलगायतका स्थानमा यहाँको खानेपानीको शुद्धता जाँच गर्न पठाउनुपर्ने समस्या समाधन भएको छ।’ सफा शुद्ध पानी नागरिकहरुसम्म पुगोस् भनेर पानी परीक्षण गरिन्छ।

पानीमा धमिलोपना जाँच, रासायनिक पदार्थको मात्रा कति छ? दिसाजन्य पदार्थ छ कि छैन? र पानीमा क्लोरिनको मात्रा कति छ? भनेर योजनाहरुबाट नमुनाका रुपमा ल्याइएको पानी ल्याबमा २४ घण्टाभित्र परीक्षण गरिने गाउँपालिका जलश्रोत अधिकृत सिन्धु अवस्थी बोहराले बताइन्। 

ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोगमा गाउँपालिकाले साझेदारी गरेर ल्याब स्थापना गरिएको हो। ल्याबको सोमबार नै एक औपचारिक कार्यक्रमकाबीच गाउँपालिका अध्यक्ष उमेशप्रशाद भट्टले उद्घाटन गरेका छन्। यस्तै सोमबार नै पानी सुरक्षा योजनासम्बन्धी एकदिने अभिमुखीकरण गोष्ठी सम्पन्न भएको गाउँपालिकाले जनाएको छ।
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.