|
फाइल फाेटाे

काठमाडौं : जल तथा मौसम विज्ञान विभागले देशका केही भागमा भारी वर्षासँगै बाढी, पहिरो तथा डुबानको सम्भावना रहेको जनाएको छ।

आज प्रदेश १, प्रदेश २, बागमती प्रदेशका र गण्डकी प्रदेशका ठूला नदी र तिनका सहायक नदीहरुमा बाढी आउन सक्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागबाट केही दक्षिणतिर सरेको  विभागले जनाएकाे छ। आज नारायणी, कन्काई, बागमती, तिनाउ, वाणगंगा, पश्चिम राप्ती, बबईका र यी नदीका केहि स साना सहायक नदीमा आकस्मिक बहाव आउन सक्नै विभागले जनाएको छ।  

 केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले उक्त प्रदेशका नदीहरुमा पानीको बहाव बढ्ने, डुबान हुने जनाएको छ। त्यस्तै पहाडी क्षेत्रमा भूक्षय हुने र पहिरो जाने भएकोले सचेत रहन पनि जल तथा मौसम विज्ञान विभागले भनेको छ।  

त्यस्तै मेघगर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षाको सम्भावना  पनि रहेको विभागले जनाएको छ।  त्यस्तै आज रानी १ बजेदेखि अहिलेसम्म लगातार रुपमा रुपन्देही र कपिलबस्तु क्षेत्रमा भारी वर्षा भइरहेकोले साना खोलाहरुमा आकस्मिक रुपमा बाढी आउने सक्ने भएकोले सतर्क रहन पनि विभागले भनेको छ।

 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.