|

भक्तपुर : सूर्यविनायक नगरपालिकाले सामुदायिक तथा निजी विद्यालयलाई विद्यार्थी भर्ना सुरु गर्न आग्रह गरेको छ। नगरपालिकाको शिक्षा, युवा तथा खेलकुद शाखाले सामाजिक विकास समितिको असार २३ को निर्णयअनुसार विद्यालयलाई नयाँ विद्यार्थी भर्ना गर्न आग्रह गरेको हो।

शाखाका अधिकृत शालिग्राम कोइरालाले गत असार २४ मा नगरभित्रका सबै सामुदायिक तथा संस्थागत विद्यालयलाई पत्र पठाएर शैक्षिक गतिविधि सञ्चालन गर्न आग्रह गरेको हो। नेपाल सरकारले जारी गरेको बैकल्पिक प्रणालीबाट विद्यार्थीको सिकाई सहजीकरण निर्देशिका २०७७ अनुसार सबै विद्यालयहरुलाई सामाजिक दूरी कायम गरी बैकल्पिक विधिबाट शैक्षिक क्रियाकलाप सञ्चालन गर्न आग्रह गरिएको छ। 

त्यसैगरी पुराना विद्यार्थीको अभिलेख व्यवस्थित गर्ने र नयाँ विद्यार्थी भर्ना गराई पाठ्यपुस्तकको व्यवस्थापन गर्न समेत सूर्यविनायक नगरपालिकाले सबै विद्यालयलाई आग्रह गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.