समाज

स्याङ्जा पहिरो अपडेट : मृतक एक र बेपत्ता तीनकाे पहिचान

घाइते दुईजनाको स्थानीय स्वास्थ्य चौकीमा उपचार

फाइल फोटो
असार ३०, २०७७

    पाल्पा : स्याङ्जामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ। दुई जना घाइते भएका छन् भने तीन जना बेपत्ता छन्। 

    मृत्यु हुनेमा कालीगण्डकी गाउँपालिका–४ बिर्घास्थित खहरेका करिब ७० वर्षीय इमानसिंह राना रहेको वडाध्यक्ष चक्रपाणि पाण्डेले जानकारी दिए। पहिरोमा परेका बिर्घाकै हाेमनाथ पाण्डे र बुद्ध रानाको उद्वार गरिएको छ। प्रेमचन्द्र पाण्डे, गिमानसिंह राना र टीका थापा बेपत्ता रहेको वडाध्यक्ष पाण्डेले जानकारी दिए।

    इमानसिंहको घट्ना स्थलमै मृत्यु भएको हो। घाइतेहरु बुद्ध र हाेमनाथकाे बिर्घा स्वास्थ्य चौकीमा उपचार भइरहेका छ। अन्य तीन जनाको खोजी कार्य भइरहेको अध्यक्ष पाण्डेले बताए। पानी परिरहेकोले उद्धार कार्यमा कठिनाई भइरहेको उनले बताए। घाइते हाेमनाथ वडा नम्बर ४ का वडा सदस्य हुन्। मृतक इमानसिं पूर्वगाविस अध्यक्ष हुन्।

    गाउँमा खानेपानीको धारा नआएपछि मुलमा पुगेका उनीहरूलाई माथिबाट खसेको पहिरोले मंगलबार बिहान करिब करिब ८ बजेतिर पहिरोले पुरेको हो। घटनाबारे थप विवरण आउन बाँकी छ। उद्वार कार्य जारी रहेको वडाध्यक्ष पाण्डेले बताए।

मिलन विश्‍वकर्मा

 विश्‍वकर्मा थाहा खबरका पाल्पा समाचारदाता हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]